ईन्द्रशरोबरमा बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई ७५ हजार सहयोग

मकवानपुर – गत असारको अन्तिम शाता अविरल वर्षातपछि गएको बाढीपहिरोबाट मृत्यु भएका ईन्द्रशरोबर गाउँपालिकाका ३ मृतकका परिवारलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले बुधबार राहतस्वरूप ७५ हजार रुपियाँ सहयोग गरेको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले एक कार्यक्रमका बीच घरमै पुगेर राहतस्वरुप ३ मृतकका परिवारलाई ७५ हजार हस्तान्तरण गर्नुभएको हो । गत असार ३० गते अविरल वर्षाको कारण ईन्द्रशरोबर गाउँपालिका १ टौमाटकी एकै परिवारका आमा ४२ वर्षिया कान्छी रञ्जितकार र छोरी १७ वर्षिया बबिता बलामीको परिवारलाई ५० हजार रुपियाँ राहतस्वरूप सहयोग गरिएको हो ।

त्यसैगरी बुधबारै कांग्रेस मकवानपुरले ईन्द्रशरोबर २ हासुलीमा पहिरोले पुरिएर मृत्यु भएकी १६ वर्षिया श्रृष्टि डिमडुङको परिवारलाई २५ हजार राहतस्वरूप रकम सहयोग गरेको छ । त्यसैगरी ईन्द्रशरोबरका ३ जना मृतकको परिवारलाई दिव्यतारा सहकारी संस्था हेटौंडाले पनि राहतस्वरूप प्रतिपरिवार ५ हजारका दरले १५ हजार सहयोग गरेको छ । त्यस्तै ईन्द्रशरोबर १ टौमाटकी २ मृतकलाई ईन्द्रशरोबर डुंगा ब्यवसायी संघले ४० हजार सहयोग गरेको छ भने ईन्द्रशरोबर १ का वडा अध्यक्ष एवं कांग्रेसका जिल्ला सदस्य जमानसिं वाईबाले ५ हजार सहयोग गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*