नेपाललाई चिनाउन फ्रान्सको हिमालमा पुगिन् श्रृङ्खला
हेटौंडा । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा फ्रान्स र नेपालको मैत्री सम्वन्धको अवसरमा जुलाई १५ देखि फान्स भ्रमणमा रहनुभएको छ । खतिवडाले पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांकको सफल आरोहण आरोहण गर्नुभएको हो । भ्रमणका अवसरमा युरोपको सबै भन्दा ठुलो हिमाल आरोहण गरेर नेपाललाई चिनाउनु भएको छ । खतिवडाले हिमाल चढेर नेपालको झण्डा समेत सफलता पूर्वक फहराउनु भएको छ । नेपाल फ्रान्सबिचको कुटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरमा नेपालस्थित फ्रान्सेली दुतावासले खतिवडालाई ‘गुडविल एम्बासडर’ नियुक्त गरेर हिमाल आरोहणको ब्यबस्था मिलाएको हो ।
निकै कठिनका साथ हिमाल आरोहण गरेर नेपाल र फ्रान्सको झण्डा गाढेर हिजो मात्र फकीएका छन् । नेपाललाई विश्वसामु चिनाउन र नेपाल भैमण वर्ष २०२० लाई सफल पार्न पनि हिमाल आरोहण गरेको श्रृङ्खलाकी आमा मुनु सिग्देलले बताउनुभयो । युरोप भ्रमणको डेढ महिनाको कार्यतालिका अनुसार फ्रान्समा हिमाल चढेर फकिएपछी अमेरीका जाने र युरोपका बिभीन्न देशको भ्रमण गर्ने कार्यक्रम रहेको छ । श्रृङ्खलाले सफल पूर्वक हिमाल चढेर नेपाल र फ्रान्सको झण्डा फहराउन सफल भएकोमा फ्रान्समा रहेको नेपाली दुतावासले बधाई दिएको छ । हिमाल चढेकोमा दुतावासले बिज्ञप्ती जारी गर्दै बधाई दिएको छ ।