३ नं. प्रदेशको ४० प्रतिशत बजेट फ्रिज

हेटौंडा । ३ नम्बर प्रदेश सरकारको आर्थिक वर्ष २०७५-७६ को ४० प्रतिशत बजेट फ्रिज भएको छ। प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले कुल बजेटको ६० दशमलव ६८ प्रतिशत खर्च मात्र भएको जनाएको छ। कुल बजेट ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ रहेकोमा २० अर्ब ६५ करोड ७२ लाख ३६ हजार ७ सय ९३ रुपैयाँ मात्र खर्च भएको कार्यालयका सूचना अधिकारी धन प्रसाद शर्माले बताए। उनका अनुसार चालुतर्फ ८० दशमलव ६५ प्रतिशत र पूँजिगततर्फ ४७ दशमलव १३ प्रतिशत बजेट खर्च भएको हो। प्रदेश सरकार मातहतका निकायहरुले प्राप्त गरेको बजेटमध्ये सबैभन्दा धेरै आर्थिक मामिला तथा योजना मन्त्रालयले ८० दशमलव ३५ प्रतिशत अर्थात ६ अर्ब ३२ करोड ३२ लाख ३३ हजार २ सय ८ रुपैयाँ खर्च गरेको हो। प्राप्त बजेटमध्ये ६८ दशमलव ५३ प्रतिशत खर्च गरेर मुख्य न्यायाधिवक्ताको कार्यालय धेरै बजेट खर्च गर्नेमा दोस्रो भएको छ। कार्यालयले १ करोड ७१ लाख १ हजार रुपैयाँ खर्च गरेको हो। सबैभन्दा कम आन्तरिक मामिला तथा कानून मन्त्रालयले १८ दशमलव ९९ प्रतिशत अर्थात २८ करोड ३९ लाख ८२ हजार २ सय ४४ लाख रुपैयाँ खर्च गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*