नसर्ने रोगकै कारण ६६ प्रतिशत नेपालीको मृत्यु

काठमाडौं । नेपालमा ६६ प्रतिशत व्यक्तिको नसर्ने रोगको कारण मृत्यु हुने गरेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन वर्ष लगाएर गरेको एक अनुसन्धानले नेपालमा हाल मृत्यु हुनेमध्ये ६६ प्रतिशतको मृत्यु नसर्ने रोगका कारण हुने गरेको देखाएको हो। ७२ जिल्लाका १३ हजार दुई सय तथा विभिन्न जिल्लाका ३३ हजार घरधुरीका २० वर्षभन्दा माथि मृत्यु भएका मानिसहरूको मृत्युको कारणबारे अनुसन्धान गर्दा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या धेरै देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले बताए। यस्तै, नसर्ने रोगमध्ये सबैभन्दा धेरै सिओपिडीका (श्वास प्रश्वास समस्या) बिरामी रहेको बताइएको छ। सिओपिडीका १६ प्रतिशत जसमा १२ प्रतिशत मानिसको मुटुरोगका कारण ८ दशमलव ५ प्रतिशत व्यक्तिको मधुमेह, ६ प्रतिशतमा मिर्गौलाको समस्याले मुत्यु भएको अनुसन्धानले देखाएको छ।

यस्तै, नसर्ने रोगहरुको प्रदेशगत अध्ययन २०१८ सम्मको तथ्यांकले भने मिर्गौलाको सबैभन्दा बढी गण्डकी प्रदेशमा रहेको देखाएको छ भने मधुमेह रोगको समस्या सबैभन्दा बढी प्रदेश- ५ मा रहेको देखाएको छ। यस्तै श्‍वसप्रश्वासरको बिरामी सबैभन्दा धेरै कर्णली प्रदेशमा रहेको देखाए डा धिमालले जनाए। उनले भने, ‘ मुटु मिर्गौला तथा मधुमेह रोग लाग्नेको संख्याभन्दा अझै पनि सिओपिडीका कारण मृत्यु हुनेको संख्या धेरै देखिएको छ। अनुन्धानको रिपोर्ट सार्वजनिक गर्दै परिषद्का कार्यकारी अध्यक्ष डा अन्जनी झाले हाल सार्वजनिक भएको अनुसन्धान विशुद्ध सरकारी रहेको र यसले भावी दिनमा नसर्ने रोगहरूको न्यूनीकरण गर्न सहयोग गर्ने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*