पुर्वि मकवानपुरको वाढी प्रभावित क्षेत्रमा अर्थ समिति सभापति दाहाल सहितको टोली

हेटौँडा । अर्थ समिति सभापति तथा मकवानपुर क्षेत्र नंबर १ का सांसद कृष्णप्रसाद दाहाल सहितको टोली मकवानपुरको पुर्वीक्षेत्र बकैया तथा वागमती गाउँपालिकाको वाढी प्रभावित क्षेत्र पुगेका छन् । निरन्तरको वर्षाले पुर्याएको क्षतिको अवलकोनको लागि उनीहरु पुर्वी क्षेत्र पुगेका हुन् । वकैयाको जुरेली, हात्तिसुडे सहितको क्षेत्र तथा वागमतीको फापरबारी, पाँचपाण्डव लगाएतको क्षेत्रमा टोलीले अनुमगन गरेको हो । टोलीमा राष्ट्रिय सभाका सांसद रामचन्द्र राई, प्रदेश ३ का सांसद प्रेमबहादुर पुलामी,नेकपाका नेता अणराज जर्गामगर लगायतकका नेकपा नेताहरु समेत रहेका थिए ।

अनुगमनको क्रममा सांसदहरुले पुर्वी मकवानपुर वाढीको उच्च जोखिममा रहेको भन्दै आवश्यक तटवन्धको ब्यवस्था मिलाउने बताए ।
पुर्वी मकवानपुरको खेतीयोग्य जमिनलाई प्रत्येक वर्ष खोलाले काटने गरेको बताउँदै उनले खेतियोग्य जमिन तथा मानव बूती जोगाउनको लागि आफुहरुले योजना निर्माण गरेको दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*