शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आफ्नै कोठामा झुण्डिएर आत्महत्या

महेन्द्रनगर । महेन्द्रनगरस्थित श्री लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् । कक्षा १२ मा अध्ययनरत सुरज लेखकले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन्। सुरजले ‘सुसाइड नोट’मा आफू मर्नुको कारण लिटिल बुद्ध कलेजका व्यवस्थापन संकायका संयोजक हरिलाल जोशीलाई जिम्मेवार ठहर गरेका छन् । सुरजको ‘सुसाइड नोट’ को अन्त्यतिर उनले औँठा छाप लगाएका छन् । कलेजका प्रिन्सिपिल श्यामसिंह मौनीका अनुसार एकेडेमीका प्लस टु संयोजक हरिलाल जोशीले शुक्रबार बिहान विद्यालय समयमा सुरजसहित उनका साथीहरू आशिस चन्द र मनिस विष्टलाई चुरोट खाइरहेको अवस्थामा भेटेपछि विद्यालय प्रशासनमा बोलाएर सम्झाई बुझाई गरेका थिए।

सुरजका बुवा गणेश लेखकले छोरालाई विद्यालयबाट तनाव दिएर आत्महत्या गर्न बाध्य पारिएको आरोप लगाएका छन् । जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहेका गणेशले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षक हरिलाल जोशीविरुद्ध ‘आत्महत्या दुरुत्साहन’ सम्बन्धी किटानी जाहेरी समेत दिएका छन् । ‘सुसाइड नोटमा’ मा उल्लेखित ‘मृत्युको कारण’ हरिलाल जोशी विरुद्ध दिइएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी गणेश बमले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको समेत डिएसपी बमले जानकारी दिनुभयो ।

हेर्नुहोस्  ‘सुसाइड नोट’  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*