साउन दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाईं सकियो

काठमाडौं । यो वर्ष ८०.१८ प्रतिशत धान रोपाईं सकिएको छ । यो साउन १२ गते सम्मको तथ्यांक हो । सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशमा ९४.१७ प्रतिशत धान रोपाईं सकिएको छ । यसैगरी कर्णाली प्रदेशमा ९२.४० प्रतिशत, प्रदेश नम्बर ५ मा ८४.६० प्रतिशत, गण्डकी प्रदेशमा ८४.५६ प्रतिशत, प्रदेश नम्बर ३ मा ७८.८३ प्रतिशत, प्रदेश २ मा ७४.५० प्रतिशत र प्रदेश १ मा ७१.६५ प्रतिशत धान रोपाईं सकिएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरका अनुसार १० लाख ९९ हजार ८८३ हेक्टरमा रोपाईं भएको हो । नेपालमा रोपाईं हुने क्षेत्रफल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर रहेको छ । गत वर्षको तुलनमा यसपटक कम रोपाईं भएको छ । गत बर्ष यसै अवधिमा ८१.३१ प्रतिशत रोपार्ईं भएको थियो । यस आधारमा यसपटकको रोपार्ईं १.१२ प्रतिशतले कम हो ।

प्रदेश १ मा १ लाख ९७ हजार ६ सय ९३ हेक्टर क्षेत्रफलमा रोपाईं भएको छ । यहाँ रोपाईं हुने क्षेत्रफल १ लाख ७५ हजार ९०१ हेक्टर रहेको छ । यता धान रोपाईं हुने क्षेत्रफल ३ लाख ६५ हजार ६ सय १५ हेक्टर रहेको प्रदेश २ मा २ लाख ७२ हजार ३ सय ८५ हेक्टरमा रोपाइ भएको छ । यस्तै प्रदेश ३ मा ९० हजार ८ सय ८३ हेक्टर क्षेत्रफलमा रोपाईं भएको छ । यता गण्डकी प्रदेशमा ९१ हजार ५ सय ५४ हेक्टरमा रोपाईं भएको छ । प्रदेश ५ मा २ लाख ५६ हजार ८ सय ४८ हेक्टर क्षेत्रफलमा रोपाईं भएको छ । कर्णाली प्रदेशमा ३५ हजार ४ सय ६६ हेक्टर र सुदुरपश्चिममा १ लाख ८ हजार ८२ हेक्टरमा रोपाईं भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*