विपक्षीको अवरोधको कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ – विपक्षीले अवरोध कायमै राखेपछि प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । सभामुख कृष्णबहादुर महराले भोलि (बिहीबार) दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् । सर्लाही गोलीकाण्डसहित विभिन्न घटनाबारे संसदीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख विपक्षी कांग्रेस र राजपाले सदनमा अवरोध जारी राखेका छन् । यसअघि सोमबारको बैठक पनि अवरोधकै कारण स्थगित भएको थियो । बुधबारको बैठकमा सांसदहरुले आफूविरद्ध नै बोल्न थालेपछि सभामुख महराले ‘सभामुखका विरुद्ध बोल्न मनाही छ’ भन्दै चेतावनी दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*