हेटौँडामा डेंगुका विरामी भेटिएपछि सचेत रहन आग्रह
हेटौँडा । हेटौँडा उपमानगर क्षेत्रमा लामखुट्टेको टोकाईबाट सर्ने डेंगुको विरामीहरु भेटिएपछि सचेत रहन आग्रह गरिएको छ । नगर क्षेत्रमा २७ जना डेंगुका विरामीहरु फेला परेपछि हेटौँडा उपमहानगरपालिका स्वास्थ्य समन्वय इकाले सबैलाई सचेत रहन आग्रह गरेको हो । डेंगुको कारण मृत्यु समेत हुने भएकोले आफ्नो घर छिमेकमा रहेका झाडी, पानीका खाडल लगाएतको ठाउहरुलाई सफाई गर्न समेत इकाले आग्रह गरेको छ । हेटौँडा उपमहानगरपालिका स्वास्थ्य समन्वय प्रमुख सुपेन्द्र कार्कीले उपाहानगरपालिकाको पहलमा डेंगु नियन्त्रणको काम सुरु भैसकेको बताए डेंगु नियन्त्रणको लागि पहिलो चरण अन्र्तगतमाईकिङ गर्ने काम भएको भन्दै उनले अब लामखुट्टे प्रभावित क्षेत्रमा क्षे सर्च एण्ड डिस्ट्रोय अभियान संचालन गरी औषधी छर्ने काम सुरु गर्ने बताए । लामखुट्टेको टोकाईको कारण हुने रोग भकोले सुत्दा झुल प्रयोग गर्ने र घर वरपरको सरसफाईमा ध्यान दिन सके डेंगुको संक्रमणबाट बच्न सकिने जनाईएको छ ।