सुनको भाउ लगातार वृद्धि , भाउमा नयाँ रेकर्ड कायम

काठमाडौं – सुनको मूल्य लगातार उकालो लागेको छ। आज एकैदिन तोलामा १५ सय रुपैयाँ वृद्धि भएर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो। आइतबार तोलामा ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ६७ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी पनि तोलामा २० रुपैयाँ बढेर ७ सय ९५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको र अमेरिका र चीन बीचको व्यापार युद्धको असर अन्तर्राष्ट्रिय शेयर बजारमा पर्दा सुनको भाउ आकाशिएको व्यवसायीको भनाइ छ। मूल्य बढेपछि किन्नेभन्दा विक्री गर्ने ग्राहक बढेका महासंघले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*