प्रदेश तीनद्धारा चार वटा भेटेनरी एम्बुलेन्स वितरण
हेटौाडा । प्रदेश नंबर ३ सरकारले विमारी पशुको उपचारमा सहजता प्रदान गर्नको लागि एम्बुलेन्स वितरण गरेको छ । प्रदेश नंबर ३ को भूमि ब्यवसथा, कृषि तथा सहकार मन्त्रालयले एम्बुलेन्स नहुँदा समस्या भएको भन्दै विरामी पशुको उपचारारको लागि आज ४ वटा भेटेनरी एम्बुलेन्स वितरण गरेको हो । त्यसैगरी र माटो परिक्षण प्रयोग गर्नका निम्ति मोवाइल सोइल टेस्टिङ भ्यानबाट सेवा दिन सुरु गरिएको छ ।
मन्त्रालयले यस आर्थिक वर्षमा सञ्चालन गर्ने गरि कृषि तथा वन विश्वविद्यालय रामपुर चितवन, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रे, ललितपुर र मकवानपुरलाई एकएक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको मनत्रालयका प्रबक्ता निर्मल गदालले बताए । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सम्बन्धित केन्द्रलाई चाबी, बिलबुक हस्तान्तरण गरेका थिए ।