सिआनको साधारण सभा, अध्यक्षमा दिपु लामा चयन

हेटौडा ÷ सिआन पुर्नस्थापना केन्द्रको आईतबार सम्पन्न तेस्रो साधारण सभाले दिपु लामालाई अध्यक्षमा निर्वाचित गरेको छ । हेटौडा–९ लामसुरेमा रहेको केन्द्रको आफ्नै सभाहलमा सम्पन्न अधिवेशनले लामाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा शम्भुसि∙ कार्की, सचिव बिजेन्द्र अग्रबाल, कोषाध्यक्ष मन डिसि, सदस्यहरु अनिल अधिकारी, तान्य आग्रवाल र किरण लामा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत देवराज लामिछानेले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आथित्यता तथा सिआन पुर्नस्थापना केन्द्रका अध्यक्ष सौजन डिसिको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अथिति समेत रहेका खुलालले लागु औषधको दुव्र्यसन तथा अबैध ओसार पोसार बहुपक्षिय सरोकारको बिषय बस्तु भएकाले दुव्र्यसन नियन्त्रण अभिभावक र समाजको प्राथमिक कर्तव्य भित्र पर्ने बताएका छन् । लागु औषध प्रयोगकर्ता न्यूनिकरण गर्न प्रत्येक नागरिको जिम्मेवारी हुनुपर्ने बताएका छन् । सिआन पुर्नस्थापना केन्द्रको तेस्रो साधारणसभामा बोल्दै खुलालले पछिल्लो समय समाजमा विभिन्न घट्ना घटिरहनुको कारण पनि लागुऔषध भएको बताए । लागुऔषध जटिल बिषय बनिरहेको भन्दै आफ्नो बच्चालाई लागुऔषधबाट टाढा राख्नको लागि अभिभावक सचेत हुनु पर्ने बताएका छन् ।

हेटौडा उपमहा नगरपालिका वडा नम्बर–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले लागुऔषध क्षेत्रमा अधिकांश दुव्र्यसनीहरु १५ बर्ष देखि ३५ बर्ष मुनीको उमेर समुहका युवायवतिहरु रहेका बताएका छन् । अधिकांश सेवन कर्ताहरुले चुरोट, सुर्ती, गाँजा, ब्राउन सुगर, कोरेक्स लगायतका लागुऔषधको प्रयोग गर्ने गरेको भन्दै यसलाई ओसारपोसारमा रोक लगाउन सकेमा पनि प्रयोगकर्ता कम हुने बताए । हेटोडाको मुख्य नाकाहरुमा वडाका पहलमा प्रहरी परिचालत्रन भइरहेको र यस अभियानले ओसारपसारमा केहि कमी लयाउने बताएका छन् । उनले भने,“लागुऔषध मुक्त वडा बनाउनको लागि वडाको समेत योजना रहेको भन्दै भिजन बनाएर आउनुस्, हामी सहयोग गर्न तयार छौँ ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य अरुणराज सुमाग्रीले पछिल्लो समय शहरीया जिवन शैली, व्यस्त अभिभावक आफनो नियन्त्रण भन्दा बाहिर बाल बालिकाहरु रहेका कारण लागुऔषध तथा दुव्र्यसनीका सेवन कर्ताहरु मुलुकभर बढ्दै गइरहेको बताएका छन् । सेवानकर्ता रोकथाममा सुधारगृहहरुको ठुलो योगदान रहेको बताउदै अभिभावक समेत हुनुपर्नेमा जोड दिनुभयो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले अहिले मुलुकभर झण्डै लाखौँ लागुऔषध सेवन कर्ताहरु रहेको तथ्यांकले सुनिरहँदा यस तर्फ हामी गम्भिर रहेको बताएका छन् । लागुऔषध सेवन कर्ता न्यूनीकरण गर्नको लागि सुधार गृहले चालेको कदमहरु सकरात्मक रहेको भन्दै सिआनसँग सहकार्य गरेर जाने बताएका हुन् । उहाँले सिआनमा उपचारथ रहेको लागुऔषध प्रयोगकर्ताहरुको स्वास्थ्य उपचारको लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

लायन्स क्लव ३२५ बि २ नेपालकी रिजन चिर्यस प्रसन अंकिता सुमाग्रीले लागु औषध प्रयोगकर्तालाई सुधार गृहमा राखि नयाँ जिवन दिईरहेकोे सिआन पुर्नस्थापना केन्द्रको प्रशंसा गर्नु भयो । लागुऔषध सेवान कर्ता रोक्न अभिभावकको ठुलो भुमिका हुने बताउदै अभिभावक सचेत भए मात्रै सेवानकर्ता कम हुदै जाने बताउनु भयो । सहयोपापेक्षि सडक मानव मुक्त प्रदेश निमार्ण सहजकर्ता देवराज लामिछानेले लागुऔषध सेवन अहिले युवाहरुमा देखिएको प्रमखु समस्या रहेको बताउनु भयो । उनले भने,“अहिले नेपालको सन्दर्भमा हेर्ने हो भने धेरै युवाहरु लागुऔषध दुव्र्यसनीका कारण कुलतमा फसेका छन् जसका कारण हजारौँ युवाहरुले वर्षेनी ज्यान गुमाउनु परेको छ यस तर्फ सरकार गम्भिर हुनु पर्ने वेला आएको छ ।” लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका निर्देशक अनिल अधिकारीले कुलतमा फस्ने युवाहरुको संख्या वर्षेनी घट्दोक्रम नभएर संख्या वर्षेनी बढ्ने क्रम रहेको अवस्थामा प्रति चिन्ता व्यक्त गर्दै यसको रोकथाममा सरकार गम्भिर हुनुपर्ने बताएका छन् । कार्यक्रममा गैसस मकवानपुरको कोषाध्यक्ष इन्द्रिरा न्यौपाने, रेडियो सन्देशका स्टेसन संयोजक जिब्रराज बख्रेल, लालखबरका राजेश गरिब, महिला बालबालिका असहाय कल्याण समुहका अध्यक्ष अम्बिका खतिवडा, समाजसेवि निलम बैध , विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको आथित्यता रहेको थियो । संस्थाको उपाध्यक्ष शम्भुसिङ कार्कीले स्वागत मन्तव्य ब्यक्त गर्नु थियो भने साधारसभामा सिआन पुर्नस्थापना केन्द्रका कोषाध्याक्ष मन डिसिले आर्थिक प्रतिवेदन र संस्थाका अध्यक्ष सौजन डिसिले प्रगति प्रतवेदन प्रस्तुत गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*