हेटौँडाबाट काठमाण्डौँ जाने छोटो बाटोहरु बन्द गर्ने चेतावनी
हेटौँडा । इन्द्रसरोबर मिनी ट्रक ब्यवसायी संघले हेटौँडाबाट काठमाण्डौँसम्म जाने छोटो बाटोहरु सिस्नेरी तथा फाखेल सडकलाई बन्द गर्ने चेतावनी दिएको छ । उक्त बाटोमा मिनी ट्रक चलाउन प्रतिवन्ध लगाएपछि मिनी ट्रक ब्यवसायी आन्दोलित भएका हुन् । इन्द्रसरोबर तथा फाखेलमा उत्पादन भएको तरकारी बोक्ने मिनी ट्रकलाई भीमफेदी स्थित प्रहरीले उत्त बाटोमा प्रवेशको रोक लगाएपछि ब्यवसायीहरु आन्दोलित भएका हुन् । गएको तीनहप्ताबाट मिनी ट्रकलाई रोक लगाईएपछि उनीहरुले अन्तिम विकल्पको रुपमा सडकनै बन्द गर्नेगरि आन्दोलनको तयारी गरेको ब्यवसायी तथा स्थानीय समेत रहेको शिवराज पौडेलले बताए ।
विनाकारण ब्यवसायीललाई मार पार्ने काम गरेको, मिनी ट्रक रोकिदा स्थानीय स्तरमा उत्पादन भएको तरकारी बोक्न समेत समस्या भएको उनको भनाई रहेको छ । उनीहरुले भोली बुधबारबाट आन्दोलनको तयारी गरेपनि स्थानीय प्रशासनले चासो नदिएपछि उक्त रुटभएर चल्ने हजारौ सबारी भोली साउन २२ बाट बन्द हुने अवस्थामा अएको छ ।