भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन, आजै अन्त्येष्टि गरिने

काठमाडौं– नयाँ दिल्ली भारतीय पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा मंगलबार अबेर उनको निधन भएको हो । मंगलबार बेलुकी हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । एक्कासी हृदयघात भएपछि उनलाई स्थानीय समयअनुसार राति सवा १० बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पतालमा उनको परिवारका सदस्य भाजपाका वरिष्ठ नेताहरु डा. हर्षवद्र्धन, नितिन गड्करी, पियूष गोयललगायतको उपस्थिती थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनले सन् २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । निकै हक्की र भारतलाई विश्वमा प्रतिनिधित्व गराउनका लागि विदेशमन्त्रीको रुपमा उनले निकै प्रभावशाली भूमिका निर्वाह गरेकी थिइन् । स्वराजको पार्थिव शरीर बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धाञ्जलीको लागि पार्टी कार्यालयमा राखिने बताइएको छ । त्यसपछि ४ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय जनता पार्टीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*