‘स्कूल बस’ सञ्चालन गर्दै प्रदेश ३ सरकार

हेटौँडा । प्रदेश नम्बर तिन सरकारले प्रदेश सरकारको सक्रीयतामा सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षीत गरी ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न रु २ करोड ५० लाख विनियोजन गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।  सामाजिक विकास मन्त्रालयले प्रदेशका १० सामुदायिक विद्यालयका लागि बस उपलब्ध गराउने र आवश्यकतानुसार क्रमशः त्यसको सङ्ख्या वृद्धि गर्दै जाने उनको भनाइ छ ।

हाललाई प्राथमिकताका आधारमा दश विद्यालयलाई एक÷एक बस उपलब्ध गराउन लागिएको हो । सामुदायिक विद्यालयका टाढा टाढाबाट विद्यालय आउनुपर्ने विद्यार्थीले थकानका कारण पढाइमा ध्यान दिन नपाउने, गृहकार्य गर्न नपाउने, धेरै समय खेर फाल्नुपर्नेलगायत कुरालाई ध्यानमा राख्दै स्कूल बस उपलब्ध गराउन लागिएको मन्त्री दुलालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*