हेटौँडा ९ मा पनि डेंगुको संंक्रमण, दुइ जना बिरामी फेला
मकवानपुर । पछिल्लो समयमा हेटौँडा उपमहानगरपालिकाका विभिन्न स्थानहरुमा डेंगु रोगको सक्रमण तिब्र रुपमा बढीरहेको छ । यसै क्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा पनि २ जनामा डेंगु रोगको सक्रमण देखा परेको छ ।
वडा नम्बर ९ मा २ जनामा डेंगु रोगको सक्रमण देखा परेको ९ नम्वर वडाका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताए । डेंगु रोगको सक्रमण बढेसंगै उपमहानगरभरि नै विभिन्न सचेतना कार्यक्रमहरु गर्न थालिएका छन् ।