मोर्डन इङ्गलिस बोर्डीङद्धारा बिद्यार्थीलाई पुरस्कार बितरण
हेटौडा – हेटौडा ९ स्थित हेटौडा मोर्डन इङग्लिस बोर्डीङ स्कुलले बिबिध प्रतिस्पर्धामा बिजयी हुने बिद्यार्थीहरुलाइ पुरस्कार बितरण गरेको छ । पुरस्कार बितरण बिध्यालय ब्यबस्थापन समीतिका अध्यक्ष श्यामकृष्ण खतिवडाले गर्नुभएको थियो ।
कक्षा १ देखि कक्षा ७ सम्मका बिध्यार्थीहरुको सहभागिता रहेको बिद्यालयका प्रिन्सिपल दिनेश कुमार सुबेदीले जानकारी दिनुभयो । कक्षा १ मा बिद्यालक्ष्मी ठाकुर, कक्षा २ मा म्याडी माझी, कक्षा ३ मा प्रनिषा थिङ, कक्षा ४ मा दिपेश राना, कक्षा ५मा जेसिका स्याङ्तान , कक्षा ७ मा सुचित्रा श्रेष्ठ बिभिन्न बिधामा उत्कृष्ट हुदै पुरस्कृत भएका थिए ।