हेटौंडामा दायाँ बायाँ १६–१६ मिटर मात्र सडक भत्किन्छ –मुख्यमन्त्री पौडेल
हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमिण पौडेलले हेटौंडा क्षेत्रमा सडककको दायाँ–बायाँ २५ मिटर सडक पनि नभत्कने बताउनुभएको छ । जिल्ला समन्व्य समिति मकवानपुरको चौथो जिल्ला सभाको हेटौंडामा उद्घाटन् गर्दै उहाँले हेटौंडा बजार क्षेत्रमा २५ मिटर सडक बिस्तार नहुने बताउनुभयो । प्रदेश ३ को स्थायी राजधानी प्रदेश सभामा दुई तिहाइ मतले तोकिने उहाँले बताउनुभयो । प्रदेश सभामा दुई तिहाइ बहुमत आएपछि मात्र राजधानी तोकिने बताउनुभयो । आफ्नो मत प्रदेश सभामा एक मत मात्र रहेको बताउनुभयो । राजधानीको बिषय दुईतिहाइ बहुमतबाट मात्र तोक्न सकिने बताउनुभयो ।
हेटौंडामा राजमार्गको दायाँ बायाँ २५ मिटर सडक नभत्कने मुख्यमन्त्री पौडेलले बताउनुभयो । अहिलेको अवस्थाको हेटौंडा बजार भत्काएर नहुने बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘राजमार्ग कुनैपनि शहरको बिचबाट जानै सक्दैन । बजार क्षेत्रमा २५ मिटर सडक भत्कन दिन्न । हिजो पनि मैले यही बोली बोलेको हुँ र भोली पनि यही बोल्छु ।’ हेटौंडा बजार क्षेत्रको रातोमाटे देखि चौकिटोल सम्म बजार क्षेत्रका घरहरु भत्कीएमा कस्तो होला रु त्यसैले २५ मिटर घर पछाडी भएकाहरुले सडकमा घर आईपुग्छ भनेर सपना नदेख्नका लागि उहाँले आग्रह गर्नुभयो । हेटौंडा बजार क्षेत्रमा सडकको दायाँ बायाँ १६–१६ मिटर मात्र सडक भत्कने बताउँदै उहाँले भन्नुभयो–‘बजार क्षेत्रमा मेरो पनि घर पर्छ १६ मिटरमा सबै भत्कीन्छ । पहिले मै घर भत्काउछु । त्यसपछी बाइपास सडक पनि बनाइन्छ । बाईपासका लागि प्रदेश सरकारले ठुलो बजेट छुट्याएको उहाँले जानकारी दिनुभयो । नगरवासीको स्वार्थका कारण २५ मिटरको सट्टामा १६ मिटर मात्र सडक बिस्तार गर्ने उहाँले बताउनुभयो ।