सभामुख सानुकुमार श्रेष्ठद्धारा ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन
हेटौंडा । प्रदेश नम्बर ३ को प्रदेश सभा सचिवालयले तयार गरेको ‘प्रदेश सभा दर्पणको दोस्रो अङ्क बिमोचन गरिएको छ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कितावको बिमोचन गर्नुभयो । प्रदेशसभाले बितेको आर्थिक वर्षमा गरेका सबै कामको बिवरण समेटिएको किताव प्रकाशन गरेको हो ।
हाल सम्म प्रदेश सभामा ४३ वटा बिधेयकहरु छलफल भएको सभामुख श्रेष्ठले बताउनुभयो । ३६ वटा बिधेयक प्रदेश सभाबाट पास भएको पाँच वटा बिधेयक समितिमा छलफलमा रहेको सभामुख श्रेष्ठले बताउनुभयो ।
राजधानी र नामाकरणको बिषय भने कार्यव्यवस्था परामर्ष समितिको बैठकमा छलफलले संसदमा आएमा मात्र यो बिषयले प्रवेश पाउने बताउनुभयो । कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, प्रदेशका सांसदहरु लगायतकाको सहभागिता रहेको थियो ।