बिद्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा
हेटौंडा । २०७२ बैशाख १२ गते गएको बिनाशकारी भुकम्पबाट क्षतिग्रस्त बनेका बिद्यालय भबन निर्माणमा सहयोग गर्दै आएको (जापानि सहयोग नियोग) जाइकाले निर्माण गरिरहेको हेटौडा उपमाहानगरपालिका ९ स्थित प्रगति मा. बि.मा निर्माणाधिन १२ कोठे बिद्यालय भबनको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । बिद्यालयको भबन निर्माण कार्य सकिए लगतै अब रङ – रोगनको काम चलिरहेको निर्माणको जिम्मा पाएको लामा÷भ्यालि जे.भि.का इन्जिनियर दिनबन्धु चौधरीले जानकारी दिए ।
प्रगति माबि सहित १९ वटा बिद्यालयमा यस सस्थाले काम गरिरहेको इन्जीनियर चौधरीले जानकारी दिए । इन्जिनियर चौधरीका अनुसार ४ करोड १४ लाख ७० हजार ३ सय १ रुपैयाँ ८० पैसाको लागत सम्झौता भएको समेत जानकारी दिए । यो कम्पनिले मकवानपुर जिल्लाका १९ वटा बिद्यालयमा निर्माण कार्य गरिरहेको उनले जानकारी दिए ।