नयाँ पाइलाद्धारा क्यान्सर पीडित बालिकालाइ नगद सहयोग

हेटौंडा  – समृद्ध नेपालको लागि नयाँ पाइला नामक सामाजिक संस्थाले छालाको क्यान्सरबाट पीडित रेणु दमाईलाई आर्थिक सहयोग गरेको छ । हेटौंडा १३ बनस्पतिकी क्यान्सर पीडित ११ बर्षिय रेणुलाई संस्थाले नगद ५५ हजार १३५ रुपैया सहयोग गरेको हो ।

समृद्ध नेपालको लागि नयाँ पाइलाले न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गरि सहयोग रकम हस्तान्तरण गरेको हो । संन्थाकी कोषाध्यक्ष सहनशील ढकालको संयोजकत्वमा गठित रेणु दमाई बचाउ अभियानले विभिन्न संस्था तथा व्यक्तिहरुबाट संकलित रकम बिरामीका दाजु राजन दमाईलाई हस्तान्तरण गरेको हो ।

रेणुको हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनी कक्षा ५ मा पढ्छिन् । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष बिसु सुनार, उपाध्यक्ष निष्कर्ष लामा, सचीव भुवन घलान, संस्थाका कानुनी सल्लाहकार बाल्कृष्ण अधिकारी, संरक्षक एवम सल्लाहकार रिपेश दाहाल, समाजसेवी बिकेशलाल श्रेष्ठ लगायत पत्रकारहरुको उपस्थिति रहेको थियोे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*