रवि लामिछानेसहित तीनै जना म्याद थपका लागि अदालतमा पेश , समर्थकहरुको नाराबाजी

चितवन – पत्रकार सालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कडेँल र अस्मिता कार्कीलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ ।

काठमाडौँबाट बिहीबार दिउँसो पक्राउ परेकी कार्की र अबेर साँझ पक्राउ परेका लामिछाने र कडेँललाई मध्यराति चितवन लगिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई केहीबेर अघि जिल्ला अदालत चितवनमा लगिएको छ ।

रवि लामिछानेलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै उनका समर्थकहरु चितवनमा नाराबाजी गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*