रवि लामिछानेको समर्थकहरुद्धारा आज पनि चितवनमा प्रदर्शन

चितवन । पत्रकार रवि लामिछानेको समर्थनमा आज पनि चितवनमा प्रदर्शन सुरु भएको छ । बिहीवार साँझ अनुसन्धानका लागि भनेर प्रहरीले अचनाक आएर पक्राउ गरी चितवन लगेपछि शुक्रवार (हिजो) बिहानदेखि नै उहाँका समर्थकहरुले चितवन जिल्ला प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए । उहाँको कार्यकक्षभित्र प्रवेश गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड मिचेर प्रहरीले पक्राउ गरेको भनेर समेत कयौँले उक्त प्रक्रिया उचित नभएको बताएका छन् ।

न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उहाँका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले बिहीवार पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकारणमा पक्राउ गरेको थियो । शुक्रबार ९हिजो० चितवन जिल्ला अदालतले घटनाबारे अनुसन्धान गर्न बिहीवार९अस्ती० देखि लागुहुने गरी ५ दिनका लागि हिरासतमा राख्न आदेश जारी गरेको थियो ।

 

आत्महत्या दुरुत्साहन गरेको आरोपमा लामिछाने, टिभी जर्नालिस्ट युवराज कँडेललार्इ प्रहरीले न्युज ट्वान्टी फोको काठमाडौंको पानीपोखरीस्थित कार्यालयबाट नियन्त्रणमा लिएको थियो । त्यसैगरी प्रहरीले कलंकीबाट रितु कार्की समेतलाई पक्राउ गरी बिहीबार अबेर चितवन पुर्याएको थियो । प्रहरीले साउन २१ मा चितवनमा आत्महत्या गरेको अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीले रेकर्ड गरेकोको भिडियो लामिछाने, कँडेल र कार्कीको नाम भएको जनाउँदै आएको छ ।

बिहीवार साँझ कार्यक्रमको पूवसन्ध्यामा प्रहरीले उहाँको कार्यकक्षभित्र प्रवेश गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड मिचेर प्रहरीले पक्राउ गरेको भन्दै पत्रकार महासंघ शाखाहरुले आपत्ती जनाएका छन् । बिहीबार न्यूज २४ टेलिभिजनको कार्यालयमा ठुलो सङ्ख्यामा आएका प्रहरीहरूले सञ्चार गृहको सम्बन्धित अधिकारीहरूलाई कुनै पूर्व सूचना नदिई र बिना अनुमति अचानक कार्यकक्षमा प्रवेश गरेर पत्रकारहरूलाई पक्राउ गरेर लगेको थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*