के रवि लामिछानेमाथि छानबिन गर्नै नहुने हो त ?

हेटौंडा – पत्रकार शालिकराम पुडासैनीको  आत्महत्या र रविमाथिको छानबिनमा जनताको आक्रोश पछिल्लो समय नेपाली मिडीयामा जल्दो बल्दो घटनाको रुपमा रहेको छ । पत्रकार पुडासैनी आत्महत्या प्रकरण र त्यसमा नाम जोडिदै आएका पछिल्लो समयमा अत्याधिक चर्चा कमाएका सिधाकुरा जनता संगका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरीले पक्राउ परेपछि रवि लामिछानेका समर्थक र प्रहरी बिच दोहोरो झडप नै भइरहेको छ ।

पछिल्लो समयमा माउन्टेन टेलिभीजनमा “मिसन न्युज” कार्यक्रम चलाउदै आएका पुडासैनी गते श्रावण २० गते चितवनको एक होटलमा झुण्डीएको अवस्थामा सव फेला पर्यो । र सामान्य प्रक्रीया पुरा गरेर दोषिको खोजि गरिरहेको प्रहरीको सामु एउटा भिडीयो आयो जुन भिडियोमा मृतक शालिकराम पुडासैनीले बोलेका केहि भनाईहरु रहेका छन् साथै पत्रकार पुडासैनीले उक्त भिडियोमा आफुलाई आत्महत्या गर्न बाध्य बनाउने ब्यक्ती न्युज २४ बाट प्रसारण हुने कार्यक्रम सिधा कुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछाने,न्युज २४ का युवराज कंडेल र अस्मीता भनेर चिनीने रुकु कार्की को नाम स्पष्ट सँग लिएका छन् ।

त्यस भिडियोको रेकर्डिङ कुन अबस्थामा गरिएको हो भन्ने कुरा अनुसन्धानका क्रममा खुल्नेनै छ  जे जस्तो भएपनि मृतकले आत्महत्या अगाडि बोलेको प्रमाणका आधारमा  प्रहरीले सोधपुछको लागि जिल्ला  प्रहरी कार्यालय चितवनले आफ्नो नियन्त्रणमा लिएपछि बढेको तनाबले के दिन्छ ?   के मृतकको अन्तीम भिडीयोका आधारमा सोधपुछ गरिहेको प्रहरीको काममा किन बाधा पार्न खोजिदैछ ।

रवि लामिछाने अहिलेसम्म अपराधी होइनन् तर कुनै रुपमा यो घटना सँग जोडिएका छन् कि भनेर अधिकार प्राप्त निकायले छानबिन गर्न खोज्दा  अबरोध गर्नुपर्ने कुनै कारण  छ जस्तो मलाई चाहीँ लाग्दैन त्यस कारण प्रहरी अनुसन्धानमा अबरोध नगरम ।  हो म बुझ्छु कि हिजोका दिनमा रवि लामिछानेले दीन दुखिहरु लुटिएका परिवारबाट बिछोडिएका र भ्रष्ट्रचारीलाइ न्यायीक कटघरामा उभ्याउँदै पिडित पक्षलाई न्यायको अनुभुति दिलाउने रवि आज आफै मुछिएको मुद्दामा आफुलाई निर्दोष साबित गर्ने दिन आएको छ ।  यदि उनि निर्दोष हो भने उनीमाथिका सम्पुर्ण आरोप  खारेज हुनुपर्छ तर उनको समर्थनको नाममा कानुनी प्रक्रीयालाई खलल पार्ने काम गर्नु राम्रो नहोला की रु पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । शुक्रबार दिउँसो जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले रविसहित युवराज कडेँल र रुकु कार्कीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

बिहीबार पक्राउ  परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो। शुक्रबार उनीहरुलाई अदालतमा उपस्थित गराइएको थियो । बिहीबार राति जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई जिल्ला अदालत चितवनमा लगिएको हो। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता लामिछाने बिहीबार साँझ काठमााडौंबाट पक्राउ परेका हुन् । प्रहरीले युवराज कँडेललाई पनि उनीसँगै नियन्त्रणमा लिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*