किसानका घरघरमा पुगे मुख्यमन्त्री पौडेल , किसानसङ्ग छलफल

हेटौंडा, १ भदौ – ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढी गाउँपालिका  तथा हेटौंडा उपमहानगरका विभिन्न कृषिफर्महरुको अवलोकन गर्नुभएको छ ।

अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले स्थानीय किसानहरुसंग छलफल समेत गर्नुभएको छ । छलफलका क्रममा मुख्यमन्त्री पौडेलले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले किसानहरुका तमाम समस्याहरु समाधान गर्न प्रदेश सरकार तयार रहेको धारणा राख्नुभयो ।

अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले मकवानपुरगढी गाउँपालिकाले आधुनिक कृषि प्रणाली अवलम्वन गरेर समृद्धिको मार्ग लिएको धारणा राख्नुभयो । गढीगाउँपालिका पशुपालनमा अगाडि बढेको भन्दै खुशी व्यक्त गर्नु भयो । किसानहरुले लगाएको विभिन्न प्रजातिको घाँसहरु , गाईपालन केन्द्र , दुग्ध सङ्कलन केन्द्रहरु अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले गढीगाउँपालिका आफूले विगतमा देखेको र हाल सोचेको भन्दानिक्कै नै समृद्ध पाएको बताउनुभयो ।


अवलोकनको क्रममा मुख्यमन्त्री पौडेलले मकवानपुरगढी ३ मा रहेको दाहाल कृषितथापशु पालनफारम , सोहीवडाको सुजलगाई फारम , देवीडाँडागाई फारम , मनकामनादुग्धउत्पादक सहकारी सस्थातथा हेटौंडा ६ मा रहेको मञ्जुश्री आधुनिक फूल एवम् तरकारी खेतीमा पुग्नुभएको थियो । अवलोकनका क्रममा मुख्यमन्त्री समक्ष किसानहरुले आफूले भोग्दै आएका समस्याहरु सुनाएकाथिए ।

मुख्यमन्त्रीपौडेलले किसानहरुको उत्पादन सहजरूपमा बिक्री बितरण गर्ने वातावरण प्रदेश सरकारले मिलाउने पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*