पछिल्लो एक महिनामा पोखरामा १ सय २१ जनामा डेङ्गो को सङ्क्रमण फेला
पोखरा – नेपालको धरान हुँदै सुरु भएको डेङ्गो सङ्क्रमित मकवानपुरको हेटौंडा उपमाहानगरपालिका पछि पोखरा माहानगरपालिकामा पनि देखा परेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकि प्रदेश कार्यालयका सुचना अधिकारी डा. भोजराज गौतम ले गत श्रावण १ गते देखि भाद्र २ गते सम्ममा १ सय २१ जनामा डेङ्गोको सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल दैनिक रुपमा पाँच जना देखि सात जनामा डेङ्गोको सङ्क्रमण देखिएको छ । यो समयमा लामखुट्टेको सङ्या बढि हुने भन्दै सजक रहन चिकित्सक हरुले सुझाब दिएका छन् ।