प्रदेश सरकार द्धारा कृषिका ८८ शिर्षकमा अनुदान दिइने
हेटौंडा । प्रदेश तिन सरकारको भुमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थीक बर्ष २०७६/०७७ मा ८८ वटा कार्यक्रममा अनुदान दिने भएको छ । यसका लागि मन्त्रालयले १ अर्ब ७० करोड ४१ लाख १० हजार बजेट बिनियोजन गरिएको छ । तिन नम्बर प्रदेशलाई उत्पादनसँग जोड्दै प्रदेशलाई आत्मनिर्भर बनाउने र प्रदेशको कृषि उत्पादनको आयातलाई बिस्तापित गर्दै प्रदेशलाई निर्यातमुखि बनाउने उद्देश्यले कार्यक्रम ल्याईएको भुमि ब्यबस्था कृषी तथा सहकारी मन्त्रालयले जनाएको छ ।
भुमि ब्यबस्था कृषी तथा सहकारी मन्त्रालयले नमुना गाईपालन, उन्नत गाई खरिद ब्यवस्थापन र उत्पादनमा आधारित कार्यक्रम रहेको छ । मन्त्रालयले पशुपालन तथा दुधजन्य उत्पादन र मासुजन्य उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाईएको जनाएको छ ।
साथै प्रदेश सरकारले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत चारवटा अनुदान कार्यक्रम सञ्चालन गरिने भएको छ । यसको लागि ६५ करोड ९७ लाख बजेट बिनियोजन गरिएको छ । यस अन्तर्गतको बजेटलाई आर्थीक बर्ष २०७५/०७६ मा सञ्चालीत पुराना कार्यक्रम र नयाँ कार्यक्रम सञ्चालनका लागि सशर्त परिचालन गरिने भएको छ ।