काठमाण्डौ आइपुगे भारतीय विदेश मन्त्री एस. जयशंकर
काठमाण्डौ – भारतीय विदेश मन्त्री डाक्टर सुव्रमण्यम९एस० जयशंकर काठमाण्डौ आइपुग्नु भएको छ । बुधबारदेखि काठमाण्डौमा सुरु हुने नेपाल र भारतबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन उहाँ नेपाल आउनु भएको हो ।
भारतीय विदेश मन्त्री जयंशकरलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले स्वागत गर्नु भएको थियो । विमानस्थलमा भारतीय विदेश मन्त्रीलाई स्वागत गर्न नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी पनि पुग्नु भएको थियो ।
भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार दोस्रो कार्यकालका लागि गठन भएपछि भारतीय विदेश मन्त्रीको यो पहिलो नेपाल भ्रमण हो । भारतीय विदेश मन्त्री एस जयशंकरले दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
दिउँसो ३ बजेपछि बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उहाँका समकक्षी जयशंकरले सहअध्यक्षता गर्ने आयोग बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी हुनेछन् ।