राष्ट्रियसभा सदस्य विडारीद्धारा निर्देशन नमान्ने मन्त्रीको राजिनामा माग

हेटौंडा । राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य सांसद रामनारायण विडारीले संसदका संसदीय समितिहरुले दिएको निर्देशन पालना नगर्ने मन्त्रीहरुको राजिनामा माग गरेका छन् । विडारीले संसदका निर्देशनहरुको पालन नगर्ने मन्त्रीहरु संवैधानिक र नैतिक रुपमा मन्त्री पदमा बस्न नहुने बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले समितिको राय, सुझाव वा निर्देशन सरकारका मन्त्रीले अनिवार्य पालनाको व्यवस्था नभएसम्म संसदीय अभ्यास प्रभावकारी हुन नसक्ने बताए ।

आफू सभापति रहेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको प्रतिवेदन पेस गर्दै उनले कानुनको निर्माणमा धेरै वेथिती रहेको चर्चा गर्दै त्यसलाई रोक्न पटक–पटक मन्त्रीहरुसँग छलफल गरिएको बताए । कानुन बनाउने जिम्मेवारी संसदको हो । अरु कसैले बनाउन सक्दैन, उनले भने, तर करिब २० प्रतिशत कानुन मात्रै संसदले बनाउँछ । बाँकी कार्यपालिका वा अन्य निकायले बनाउँदा रहेछन् । धेरै बेथिती चलेको छ ।

उनले कार्यविधि, विनियम, निर्देशिका र मापदण्ड बनाएर मन्त्री र सरकारी अधिकारीहरुले वेथिती बढाएको बताए ।
एउटै मन्त्रालयले २ सयभन्दा बढी कार्यविधि, दर्जनौं विनियम र मापदण्ड बनाउँदा रहेछन्, उनले भने, कानुनको कुन दफालाई टेकेर बनाइन्छ थाह हुन्न । त्यस्ता चलनले भ्रष्टचार मौलाएको छ । यसलाई रोक्न सकियो भने ५० प्रतिशतभन्दा बढी भ्रष्टाचार कम हुन जान्छ । बैठकमा प्रतिनिधिसभाले पारित गरिसकेको नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय, प्रहरी समायोजन विधेयक र वातावरण संरक्षण विधेयक टेबल गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*