प्रधानमन्त्री ओलीको तेस्रो पटक प्लाज्मा फेरेसिस गरिँदै

काठमाडौ‌ । सिंगापुरमा उपचारार्थ प्रधानमन्त्री केपी शर्मा ओलीको आज तेस्रो पटक प्लाज्मा फेरेसिस गरिदैछ । एन्टीबडी हटाउन प्रधानमन्त्री ओलीको प्लाज्माफेरेसिस गरिँदैछ ।

५ भदौमा सिंगापुर पुग्नुभएका प्रधानमन्त्री ओलीको शुक्रबार र आइतबार प्लाज्मा फेरेसिस गरिएको थियो । १२ वर्ष अगाडि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गराउदै आउनुभएको छ । प्रधानमन्त्री ओलीको सिंगापुर बसाइ लामो हुने भएपछि भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बस्न थालिएको छ ।

कार्यविधि संशोधन गर्दै प्रधानमन्त्री ओलीले हिजो सिंगापुरबाट भिडियो कन्फ्रेन्स मार्फत मन्त्रिपरिषद बैठक बोलाउनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*