पर्यटनमन्त्रीद्धारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको स्थलगत निरिक्षण गरेका छन्।

तत्कालीन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको निधनपछि मन्त्री बनेर पहिलो पटक पोखरा आएका उनले विमानस्थलको प्रगतिबारे जानकारी लिएका हुन्। बुधबार विहान ७ बजे पोखरा विमानस्थल ओर्लेका उनी सिधै निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निरिक्षणको लागि पुगेका थिए।

विमानस्थल आयोजनाको तर्फबाट आयोजना प्रमुख विनेश मुनान्कर्मीले भौतिक तथा वित्तिय प्रगतिको बारेमा जानकारी गराएका थिए। ‘हामी सोचेको भन्दा धेरै नै अगाडी कामको प्रगती सक्दैछौँ त्यसैले सम्झौता समय भन्दा अगावै पोखरा विमानस्थल जहाज उँडाउन तयार हुन्छ,’ मुनान्कर्मीले भने, ‘अहिलेसम्म सबै गरेर ४५ प्रतिशत प्रगती भएको छ।’

जग्गा अधिग्रहणको विषय ९५ प्रतिशत सम्पन्न भइसकेको र बाँकीको लागि प्रक्रिया अघि बढाइएको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*