बाबुराम भट्टराईले टीकापुर घटनाको पुनरावृत्ति गर्न खोज्नु विखण्डनकारी काम – भीम रावल

कैलाली । नेकपा सुदूरपश्चिम ईन्चार्ज भीम रावलले सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको बताउनु भएको छ ।

बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले जिम्मेवार नेता बाबुराम भट्टराईले टीकापुरमै आएर फेरि जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन लगाउनु विखण्डनकारी काम भएको आरोप लगाउनु भयो । नेता रावलले भट्टराईको अभिव्यक्ति देशमा फेरि विखण्डन निम्त्याउने खालको भएको बताउनुभयो । माक्सबादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन बाबुराम भट्टराई लागिरहनु भएको उहाँको आरोप छ ।

तराई र पहाड मिल्न दिनुहुँदैन भन्ने कुरा बाबुरामको संविधान बनाउने बेलादेखिको निरन्तरता भएको बताउदै उहाँले देशको प्रधानमन्त्री समेत भइसकेका मान्छेले यस्तो कुरा गर्नु नसुहाउँने बताउनु भयो । नेता रावलले बाबुराम जस्ता नेताहरुकै कारण थारु समुदायका व्यक्तिहरुले जेल परेर दुख पाएको बताउनु भयो ।

नेता रावलले प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बोलाउनु सुरक्षा र कानूनका दृष्ट्रिले गलत भएको बताउनुभयो ।उहाँले प्रधानमन्त्री आफैले उपप्रधानमन्त्री ईश्वर पोख्रेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गएपनि विदेशबाट आफै मन्त्रिपरिषद बैठक बोलाउनु जरुरी पनि नभएको नेता रावलको भनाइ थियो । देशको सुरक्षा र गोपनीयताको कुरामा भिडियो कन्फ्रेन्स उपयुक्त नभएको बताउदैै उहाँले आधुनिक युगमा गयौं भन्दैमा अरु कुनै चिजको ख्याल नगरिनु राम्रो नभएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*