पूर्वमन्त्री गणेश नेपालीको निधन

हेटौंडा । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता एवं पूर्वमन्त्री गणेश नेपालीको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित पूर्वमन्त्री नेपालीको ७६ वर्षको उमेरमा शुक्रबार साँझ आफ्नै निवासमा निधन भएको हो ।

पूर्व खेलकुद मन्त्रीसमेत रहनु भएका नेता नेपालीले खेलकुद क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं। २ निवासी नेपाली लामो समयदेखि बिरामी भएर घरमै बस्दै आए थिए । उनको शनिबार बिहान जलेश्वरमा श्रद्धाञ्जलि तथा शवयात्रा गरी पर्सापतैलीमा गएर अन्त्येष्टि गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

विक्रम संवत् १९९९ सालमा जन्मिएका नेपाली २०२७ सालमा नेपाली कांग्रेसमा आबद्ध भएर प्रजातान्त्रिक आन्दोलनमा होमिएसँगै आफ्नो पुस्तैनी थर तिवारीको ठाउँमा नेपाली भन्न र लेख्न थालेका थिए । ०४४ सालमा नेपाली कांग्रेस महोत्तरीको जिल्ला सभापतिमा निर्वाचित उनी २०४६ सालको ऐतिहासिक जनआन्दोनलमा जिल्लाका मुख्य कमाण्डर नै थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*