तीजको पहिलो दिन आज तीजको दर खाने दिन

हेटौंडा । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अन्र्तरगतको पहिलो दिन आज दर खाएर हर्षोउल्लासका साथ देशभर तिज मनाउन लागिएको छ ।

तीजको दिन भोली ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर आज राति अबेर दरको रुपमा खाने प्रचलन छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरुले सुयोग्य पतिको माग गर्दै भोलि पल्ट निराहार व्रत बस्ने भएकाले अपघल्लो दिन दर खाने प्रचलन छ ।

घरघरमा खासगरी दूधबाट निर्माण गरिएका मिठामिठा परिकार तयार गरी दर खाने चलन रहेको छ । महिलाहरु यो दिन माछामासु वाहेक खिर, ढकने र सेलरोटी खाने गर्दछन् ।

आज विवाहित महिलाहरु माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दुध लगायतका मिठा परिकार खाने गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*