जिल्ला लिग फुटबलमा भुटनदेबी युवा क्लब विजयी

हेटौँडा –  हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्र्तगत दोश्रो दिनको पहिलो खेलमा आज भुटनदेबी युवा क्लब विजयी भएको छ।

हेटौडा भेट्रान्स लाई भुटनदेबी युवा क्लबले २ शुन्यले पराजित गरेको हो । भुटनदेवीको जितका लागि राजु कार्की र अरुण नेपालीले एकएक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच भुटनदेवि युवा क्लबका अरुण नेपाली घोषित भएका छन् ।

यसैबिच आजै दिउसो २ बजे हुने अर्को खेलमा बुद्ध युवा क्लब र एफसी मल्टिभिजन बिच हुनेछ । भने आजको अन्तिम खेलमा अपरान्ह ४ बजे गोर्खा ब्याईज ले ७ नम्बर फुटबलको सामना गर्नेछ । लिग चरणमा खेलाईएको खेलमा विजेताले १ लाख रुपँैया प्राप्त गनेै छ भने उपविजेताले नगद ५० हजार रुपँैया पुरस्कार प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*