शनिबार रातिदेखि मध्य र पूर्वी नेपालमा पानी पर्ने सम्भावना
काठमाडौं – आज बिहानैदेखि मौसम सफा छ । तर, रातिको समयमा भने देशका अधिकांश भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रको असरले आज ९शनिबार० रातिदेखि मध्य र पूर्वी नेपालमा पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा पानी पार्ने बादलसहितको हावा आउने भन्दै श्रेष्ठले त्यही हावाले नेपालमा पानी पर्ने गरेको बताए । तर गएको बुधबार र बिहीबारको जस्तो लगातार वर्षा भने नहुने उनको अनुमान छ ।
अहिले बिहान भने देशका धेरै ठाउँको मौसम आशिंकदेखि सामान्य बदली छ । अहिले कतै घाम लागेको र कतै बदली भएको मौसमविद् श्रेष्ठले जानकारी दिए ।
यस्तो छ महाशाखाको ३ दिने मौसमको पूर्वानुमान
असोज ०४ गते (शनिबार)
दिउँसो – देशभरी आंशिकदेखि सामान्य बदली रही एक(दुई स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
राति – देशका मध्य र पूर्वी भू(भागमा सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पश्चिमी भू(भागमा आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।
असोज ०५ गते (आईतबार)
दिउँसो – देशभरी सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
राति – देशभरी सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य तथा पूर्वका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।
असोज ०६ गते (सोमबार)
दिउँसो – देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। एक(दुई स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति – देशभरी सामान्य बदली रहनेछ। केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।