नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौ‌ । चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच सहयोग आदानप्रदान गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेकपाको निमन्त्रणमा चिनियाँ कम्युनिस्ट पार्टी सोङ ताओ नेतृत्वको टोली सोमबार काठमाडौ आएको थियो ।

चिनियाँ राष्ट्रपति सि जिनपिङको आसन्न नेपाल भ्रमणको तयारीस्वरुप उक्त टोली नेपाल आएको बताइएको छ । चिनियाँ टोली र नेकपाबीच सोमबार सी जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल कार्यक्रम भएको थियो । उक्त कार्यक्रम आज पनि जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*