हेटौँडा–१६ मा जमरा
मकवानपुर, १२ असोज । राम जानकी सेवा परिषद हेटौँडा १६ द्वारा आयोजित नवदुर्गा पूजा अन्तर्गत नवदुर्गा पूजा समारोह समितिले घटस्थापनाको अवसरमा आज औपचारिक कार्यक्रम गरी जमरा राखेको छ । समितिका संयोजक शिवप्रसाद नेपाल र हेटौँडा १६ का अध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा १६ नम्बर वडा सदस्य सरस्वती चौँलागाई, शिक्षाविद यदुदेव सिग्देल, हिमचुली कृषि सहकारीका अध्यक्ष ठाकुरदत्त खतिवडा, सहकर्मी साकोसका व्यवस्थापक विष्णुप्रसाद तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा समिति सदस्य अम्बिका सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने परिषदका सचिव राजकुमार बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।