भारतबाट दैनिक दुई हजार नेपाली दशैंका लागि घर फर्किंदै

कञ्चनपुर– दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन् । विगत वर्ष झैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौँ नेपाली गड्डाचौकीनाका भएर घर फर्किरहेका छन् ।

सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत हो । चाडपर्व र खेतीपाती गरेर यहाँका हजारौँ युवा भारतका विभिन्न शहरमा रोजगारीका लागि जाने गर्दछन् ।

भारतबाट घर फर्किने क्रम बढेसँगै बस, अटो र ई–रिक्सा चालक यात्रु ओसार्न सक्रिय छन् । “छोरारछोरी घरपरिवारसित दशैँ मनाउन १५ दिनको बिदा लिएर आएँ”, गड्डाचौकी नाकामा भेटिएका बैतडीका गोरख चन्दले भने, “चाडपर्व परिवारसित भेटघाटको एउटा बहाना पनि हो ।” उनले आफू १७ वर्षदेखि भारतको दिल्लीमा काम गर्दै आएको बताए ।

“पहिलेको भन्दा अहिले अटो, बस, ई–रिक्सामा यो नाकाबाट आवतजावत गर्न सहज महसुस गरेँ”, उनले भने “भारतीय बसपार्कमा घर फर्किने नेपालीको अत्यधिक चाप छ ।”

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक राजु ठकुराठीले दैनिक दुई हजारभन्दा बढी नेपाली चाडपर्व मनाउन घर फर्किरहेको बताए ।

“हिजोअस्तिभन्दा यात्रु आउने क्रम बढ्दै गएको छ”, उनले भने “यात्रुको सहजता र सुविधाका लागि सुरक्षा सतर्कता बढाएका छौँ ।” उनले चाडपर्वलाई लक्ष्य गरी एक साताअघि गड्डाचौकीमा स्थापना गरिएको नागरिक सहायता कक्षमा दुई नेपाली लुटिएर आएको जानकारी प्राप्त भएको बताए ।

“पहिलेको भन्दा लुटपाट तथा टेम्पो, रिक्सावालाको अराजगक गतिविधि कम छ”, उनले भने “यात्रुबाट बढी रकम असुल्नेलाई कारवाहीको दायरामा ल्याउँछौँ।”

उनले सीमावर्ती भारतीय शहर बनबासा बजारमा यात्रुले बढी हैरानी खेप्नु परेको बताए “सीमा क्षेत्रमा अहिले संयुक्त यात्रु सहायता कक्ष भएकाले धेरै सहज भएको छ”, चन्दले भने ।

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले यात्रुको पीरमर्का बुझेर समाधान गर्न संयुक्त नागरिक सहायता कक्ष स्थापना गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*