प्रधानमन्त्री ओलीद्धारा नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा
काठमाडौं । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् ।
त्यस अवसरमा प्रधानमन्त्रीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाईयुक्त राष्ट्र बनाउने अभियानमा अग्रसर हुन सबैलाई आह्वान गरेका छन् । उनले सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सफलता हात परेको बताए ।
सन् २०११ मा सूरु गरिएको सो अभियान विद्यालय तह, जिल्ला तहमा सुरु गरिएको थियो । नेपालमा पहिलो पटक कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । योसँगै नेपाल खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बन्न सफल भएको छ ।