चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुहोस् – मुख्मन्त्री पौडेल
काठमाडौं – प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुपर्ने बताए ।
मुख्यमन्त्री पौडेलले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास गरे। संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने बताए ।
विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज आयोजित शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेपाल सांस्कृतिक र धार्मिक हिसाबमा सम्पन्न रहेको बताए ।
प्रदेश नं ३ सङ्घको राजधानी र देशको धार्मिक तथा सांस्कृतिक सम्पदाको समेत राजधानी रहेको बताउँदै मुख्यमन्त्री पौडेलले बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषिक राष्ट्र भए पनि एकअर्काबीच सद्भाव, सम्मान र समभावका कारण नेपाली–नेपालीबीचको बलियो एकता रहेको बताए ।