पारसद्धारा नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजिनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजिनामा दिएका छन् ।

मंगलबार प्रेस विज्ञप्ति निकाल्दै कप्तान पारसले कप्तानी पद छाडेका हुन् । नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले निलम्बन फुकुवा गरेको दोस्रो दिन कप्तान पारसले राजिनामा दिएका हुन् ।

कप्तान पारसले क्यान निलम्बन फुकुवा हुँदा निकै खुसी लागेको बताउँदै आफुले कप्तानी पद छाडेको विज्ञप्तिमा जनाएका छन् ।

‘नेपाली क्रिकेटको निलम्बन फुकुवा भएको थाहा पाउँदा निकै राम्रो लागेको छ र नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाहरुका लागि नयाँ समितिले राम्रो गरोस भन्ने कामना गर्दछु,’पारसले विज्ञप्तिमा भनेका छन्,  मैले तत्काल लागू हुने गरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजिनामा दिने निर्णय गरेको छु । यो अविश्वनीय यात्रामा मलाई सहयोग गर्ने सबै खेलाडी, प्रशिक्षक, अम्पायर, साथीहरु तथा मेरा परिवारलाई धन्यवाद दिन चाहन्छु । जय नेपाल।’

सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका पारसले सन् २००९ बाट कप्तान चुनिएका थिए । उनले विनोद दासको स्थान लिएका थिए । युएईमा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट पारसले नेपाली टोलीको कप्तानी गरेका हुन् ।

नेपाली क्रिकेटका सफल कप्तान पारसले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउन सफल भए ।

पारसकै कप्तानीमा नेपालले टी(ट्वान्टी विश्वकप खेलेको थियो । सन् २०१४ मा बंगलादेशमा भएको टी(ट्वान्टी विश्वकपमा नेपालले प्रतिस्पर्धा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*