दाङमा पक्राउ पर्ने विप्लव माओबादीका २१ नेता तथा कार्यकर्ताको नामावलि सार्बजनिक
गएराति दाङको राजपुर–४ मुंग्रेटा खोलामा पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेता तथा कार्यकर्ताको नामाबली प्रहरीले सार्वजनिक गरिएको छ ।
बुधबार मध्यरातमा नेकपा महासचिव विप्लवका दाजु केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंंग’, राप्ती ब्यूरो इन्चार्ज केशवबहादुर बाठा ‘सुवास’ र दाङ इन्चार्ज सबिन पोखरेलसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । राप्ती ब्यूरोको बैठक बसिरहेका बेला बिहीबार बिहान १ बजे पुगेको प्रहरीले ती नेता कार्यकर्ता पक्राउ गरेको ५ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेशविक्रम शाहले पुष्टि गरेका छन् ।
बैठकस्थल नै कब्जा गरेर प्रहरीले अधिकांश ब्यूरो तहका नेताहरु एक ठाउँबाटै पक्रन सफल भएको छ । डीआईजी सुरेश विक्रम शाहले चुरेको मध्य जंगलमा बैठक बसिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
यसरी पक्राउ पर्नेहरुमा
१ चन्द्रबहादुर चन्द ‘वीरजंग’ – केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड इन्चार्ज
२ केशवबहादुर बाँठा मगर ‘सुवास’ – राप्ती ब्युरो इन्चार्ज
३ रामबहादुर थापा ‘सुन्दर’ – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४ सविन पोख्रेल – राप्ती ब्युरो कार्यालय सचिव
५ यमलाल कटुवाल ‘विक्रम’ जिल्ला ईन्चार्ज
६ प्रदीप वली – जिल्ला सेक्रेटरी
७ बविन केसी ‘पाटन, जंगली’( युव संगठन नेपाल केन्दीय अध्यक्ष
८ सुनिल पौडेल – वुद्धिजिवी
९ एकराज चौधरी (एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१० धनबहादुर बोहोरा ‘महान’ (एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गापा सेक्रेटरी
११ तिलक पुन – पूर्व जनमुक्ति सेना
१२ सुरज विक – दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३ हितप्रसाद रोका – पार्टी सदस्य
१४ पोष्टमान घर्ती – रोल्पा जिल्ला०
१५ दलबहादुर खत्री
१६ अमित घर्तिमगर
१७ बालकृष्ण शर्मा
१८ जीत क्षेत्री
१९ रमेश आचार्य
२० कुलबहादुर वली
२१ बिष्णु थापा