पश्चिमी वायुको प्रभावले आज पानी पर्ने सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्णरुपमा बदली भई केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ ।

देशका धेरैजसो स्थानमा विहानैदेखि बादल लागेर आकास धुम्मिरहेको छ । आज दिउँसोपख मध्य र पुर्वी भेगमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा पनि दिउँसोपख हल्का पानी पर्ने महाशाखाका मौसमबीद् बरुण पौडेलले जानकारी दिए ।

पश्चिमी वायुको प्रभावका कारण आज मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको उनले बताए । काठमाडौं उपत्यकाको आज विहानको न्युनतम तापक्रम १६ डिग्री सेल्सिय मापन भएको छ । दिउँसो तापक्रम बढेर २६ देखि २८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।

मौसम विश्लेषण

पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाव देखिएको छ ।

मौसमको अवस्था

हाल देशैभरि सामान्यदेखि पूर्ण बदली रहेको छ ।

कार्तिक ०३ गते (आइतबार)

दिउँसो – देशभर सामान्यदेखि पूर्ण बदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातिस् देशभर सामान्य बदली रही मध्य र पुर्वका थोरै स्थानमा र पश्चिमका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०४ गते (सोमबार)

दिउँसो – देशको मध्य तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति – देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०५ गते (मंगलबार)

दिउँसो – देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १र२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिस् देशको पहाडी भू – भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू – भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू – भागका एक – दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*