निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु

काठमाडौँ – बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ । बयानका लागि यसअघि अस्वीकार गर्दै आए पनि आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा महराको बयान सुरु भएको उनको पक्षमा बहस गरिरहेका वकिल मुरारी सापकोटाले जानकारी दिएका छन् ।

सरकारवादी फौजदारी मुद्दामा अभियुक्त पक्राउ परेपछि प्रहरीले बयान गराउँछ । तर महरा अस्वस्थताका कारण अस्पतालमा रहेकाले जिल्ला सरकारी वलिकको कार्यालयमा प्रहरीको उपस्थितिमा बयान सुरु भएको हो । महराले यसअघि गएको मंगलबार ९असोज २८ गते० बयानका लागि अस्वीकार गरेका थिए ।

अनुसन्धानका लागि पुनः म्याद थप गर्ने प्रक्रियाका लागि महरालाई प्रहरीले आइतबार बिहान ११ बजेतिर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ लगेको हो । त्यहाँ बयानको प्रक्रियापछि पुनः म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिने जनाइएको छ ।

यसअघि गएको असोज २८ गते काठमाडौँ जिल्ला अदालतले महरालाई अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । अदालतले दिएको सो म्याद सकिएसँगै आइतबार पुनः म्याद थपको मागका लागि महरालाई अदालत लैजान लागिएको हो । थुनामा रहेका महरालाई आइतबार पुनः सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

बलात्कारको आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएपछि महरालाई प्रहरीले असोज १९ गते पक्राउ परेको थियो । प्रहरी परिसर सिंहदरबारको थुनामा रहेका महराको स्वास्थ्यमा समस्यादेखि पछि केही दिनदेखि नर्भिक अस्पतालमा छन् ।

उनीमाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कारको आरोप लगाएकी हुन् । महराले आफूमाथि असोज १२ गते बलात्कारको प्रयास गरेको भन्दै आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएकी थिइन् ।

त्यसपछि महरालाई प्रहरीले असोज १९ गते बेलुका सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो । महरामाथि बलात्कार प्रयासको आरोप लगाउने महिलाको भिडियो अन्तर्वार्तासहितको समाचार असोज १४ गते सार्वजनिक भएको थियो । आरोप अस्वीकार गरेका महराले असोज १५ गते सभामुखबाट राजीनामा दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*