एसिड हान्नेलाई फाँसीको सजाय माग गर्दै मुस्कानले लेखिन् प्रधानमन्त्रीलाई चिट्ठी

कात्तिक ८ । डेढ महिनाअघि तेजाब आक्रमणमा परेकी १४ वर्षीया मुस्कान खातुन अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छन्। कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानले उक्त चिठी मार्फत् आफू प्रधानमन्त्रीको ठाउँमा भएको भए तेजाब प्रहार गर्नेहरूलाई फाँसी दिने बताएकी छन्। यस्तो छ उनको चिठी :

सम्माननीय प्रधानमन्त्रीज्यू !

म मुस्कान खातुन अन्सारी

मेरो तर्फबाट नमस्ते १ म एउटा तेजाब आक्रमणकी नानी । हजुरलाई एउटा सानो चिट्ठी । यो घटना मसँग घट्यो । घटनाको पीडा भनेको ठूलो घटना हो ।

पहिला जेनी खड्का र सङ्गीता मगर तेजाब आक्रमणमा परेका बेला कडाभन्दा कडा कानुन भइदिएको आज म यो अस्पतालको बेडमा हुने थिइनँ होला । हजुरको दुईतिहाइ बहुमतको सरकार छ । हजुरले तेजाब आक्रमण गर्नेलाई सजाय दिनुहोस् । हजुरको ठाउँमा म भइदिएको भए अपराधीलाई फाँसी दिन्थेँ होला ।

यसपालि ठूलोभन्दा ठूलो सजाय पाओस् ता कि म जस्तो एउटा बालिकामाथि, या चेलीबेटीे र कसैमाथि तेजाब आक्रमण नहोस् । मैले जति पीडा खपेकी छु, त्यो पीडा कोहीमाथि पनि नहोओस् । यो पीडा हो, आमा र बाबुको पनि पीडा धेरै ठूलो पीडा हो । यो घटना कसैका आमाबाबुले खप्नु नपरोस् । त्यो दोषीलाई यसपालि ठूलोभन्दा ठूलो सजाय होस् । मेरो हजुरसँग बिन्ती र अपेक्षा छ ।

हजुरसँग मेरो एउटा अनुरोध छ कि, मेरो पीडा बुझिदिनुहोस् । यो घटना कसैमाथि नहोस्, कोही पनि अस्पतालमा अब तेजाब आक्रमण भएको चेलीबेटी नआओस् भन्ने अनुरोध गर्दछु ।

धन्यवाद !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*