निर्वतमान सभामुख महराविरुद्ध अभियोग पत्र दायर हुँदै
काठमाडौं– महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा प्रहरी हिरासतमा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्ध आज ९बिहीबार० अदालतमा मुद्दा दायर हुने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गर्ने जनाएको छ । काठमाडौं जिल्ला सरकारी वकिलका कार्यालय काठमाडौं प्रवक्ता नुमराज खनालले महराविरुद्ध अभियोग पत्र दायर गर्ने तयारी भएको जानकारी दिए ।
‘अहिले अभियोग पत्र तयार भइसकेको छ । प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अनुसन्धानका आधारमा देखिएका तथ्यलाई मध्यनजर गरेर अभियोग पत्र तयार गरिएको हो,’ प्रवक्ता खनालले खबरहबसँग भने, ‘उहाँ ९महरा०विरुद्ध कुन–कुन कसुरमा के–कस्तो सजायका मागदाबी गर्ने भनेर तोकिएको सरकारी वकिलबाट निर्णय हुन भने बाँकी छ ।’
महराको मुद्दाका लागि सरकारी वकिल उमाकान्त पौडेललाई तोकिएको छ ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले महराविरुद्ध अनुसन्धानका लागि थपिएको म्याद सकिएकाले सम्भवतः आज उनलाई अदालतमा उपस्थित गराइने जानकारी दिए ।