अनेरास्ववियूद्धारा परराष्ट्रमन्त्रि प्रदिप ज्ञवालीलाई ज्ञापन पत्र

काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको विरोधमा पाटन सँयुक्तक्याम्पसका विद्यार्थीहरुले पनि व्यापक विरोध गरेका छन् । उनिहरुले “लिपुलेक, लिम्पियाधुरा कालापानीहाम्रो हो” ,”गो ब्याक इन्डिया”,”भारतिय प्रधानमन्त्रिको मुर्दावाद“को नारा लगाएका थिए ।

भारतको नयाँ प्रशासनिक तथा राजनितिक नक्सा सार्वजनिक भएपछि नेपालको लिम्पियाधुरा कालापानी र लिपुलेक भारतको नक्सामा देखियो र नेपालमा नागरिक समाज, बुद्धिजिवि सम्पुर्ण राजनितिकदल र त्यसकाभातृ संगठनहरुले यसको चरम विरोध र “गो ब्याक इन्डिया”को नारा लगाई भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदिको विरोधमा प्रर्दशन गरेका छन ।

यस बारे नेपाल सरकारले भने विज्ञाप्ति निकालेर ऐतिहासिकतथ्य र प्रमाणका आधारमा सो भुभाग नेपालको रहेको पुष्टि हुन्छ र सो भुभाग नेपाल नै हो भनेको छ भने भारत को विदेश सचिवले भने नेपाल सँगको कुनै सिमा पनि परिवर्तन नगरिएको बताएको छ तर भारतिय केहि अनलाईन संचार माध्यमले भने सो भुभाग नेपालको नै रहेको बताएका छन । सुगौली सन्धी ,नदि विज्ञान र पुरानो दस्तावेजले पनि उक्त भुभाग नेपालको हो भनि प्रमाण्ीत गरेको छ ।

सुगौली सन्धीको धारा ५ माहाकाली नदिपारि सम्मको भुभाग नेपाली भएको स्पष्ट छ । काली नदिको उदगमस्थल लिम्पियाधुरा नै भएकाले उत्त भुभाग नेपालको नै हो । तर नेपाल सरकार यस विषयमा अहिले पनि कडा अडान राखेर आफ्नो भुभागको दावि गर्न डराएको अवस्था देखिन्छ ।

सिमाविवाद सम्बन्धमा परराष्ट्रसचिव स्तरिय संयन्त्र क्रियाशिल भई यस विषयको समाधान गर्नु पर्ने कुटनितिक तथा परराष्ट्रविद बताउछन । यसै सिमा विवादको विषयमा विभिन्न विद्याथी संगठनहरुको विरोधमा प्रहरीले बल प्रयोग गरेको छ भने देशै भर यस विषयमा सम्पुर्णले विरोध र प्रर्दशन जारी राखेका छन् । अनेरास्ववियूले परराष्ट्रमन्त्रि प्रदिप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको छ र भारतले मिचिएको भुभाग फिर्ता गर्न माग गरेकोे छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*