नेकपाद्धारा आजै मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी

काठमाडौं । मन्त्रिपरिषद् हेरफेरको अन्तिम तयारी भइरहँदा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

यसअघि दुई अध्यक्षबीच मन्त्रिपरिषद् हेरफेरका विषयमा बालुवाटारमा छुट्टाछुट्टै छलफल भएको बताइएको छ । बालुवाटारको छलफल सकेर दुवै अध्यक्ष मन्त्रिपरिषद् हेरफेरको तयारीबारे राष्ट्रपतिलाई ब्रिफिङ गराउन शीतल निवास पुगेका हुन् ।

मन्त्रिपरिषद पुनर्गठनबारे लामो समयदेखि चर्चा चल्दै आएको र अब यसलाई अन्तिम रुप दिने तयारी भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी थियो । तर प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति नजुट्दा पुनगर्ठन रोकिएको थियो ।

राष्ट्रपतिसँगको अध्यक्षद्वयको भेटपछि आजै अपरान्ह नेकपा सचिवालय बैठक बस्दैछ । पछिल्लो जानकारी अनुसार प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*