एन्फाको कारबाहीमा परेका तीन खेलाडीको प्रतिस्थापन
मंसिर ९,२०७६ । अखिल नेपाल फुटबल संघ एन्फाले कारबाही गरेका चार खेलाडीमामध्ये आसन्न दक्षिण एसियाली खेलकुद सागको टिममा परेका तीन खेलाडीलाई प्रतिस्थापन गरिएको छ ।
सागका लागि टिममा अञ्जन विष्ट, विमल घर्तिमगर र दिनेश राजवंशी टिममा परेका थिए । उनीहरुको स्थानमा राजेश परियार, प्रिजन तामाङ, राजिब लोप्चाङलाई टिममा बोलाइएको छ ।
कुवेतविरुद्धको खेलका लागि भुटान जानुभन्दा ठिक अघिल्लो दिन विमल, अञ्जन र दिनेशले रातभर क्लबमा बिताएको भन्दै कारबाहीस्वरुप टिमबाट हटाइएको थियो । त्यसपछि सागका लागि उनीहरुका बारेमा के हुन्छ भन्ने चर्चा भइरहेका बेला टिमका प्रशिक्षक बालगोपाल महर्जनले टिममा रहेका तीन खेलाडीको स्थानमा राजेश परियार, प्रिजन तामाङ र राजिव लोप्चाङलाई बोलाएको बताउनुभयो ।